रुकुमकाे सल्लेमा बस दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते

 असोज ३०, २०७५ मंगलबार १७:७:१४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम -  सफा गर्न खाेलातिर लगिँदै गरेकाे बस पल्टिएर किच्दा रुकुममा एक बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । 

मुसीकोट नगरपालिका–१, मा रहेकाे सल्ले बसपार्कबाट सफा गर्नका लागि मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस मंगलबार दिउँसो साढे १ बजे पल्टिँदा सल्लेकै ९ वर्षीय प्रयास बिसीको ज्यान गएको हो ।

सडक छेउमा खेलिरहेका बालकलाई अनियन्त्रित बसले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । बसले किचिएका प्रयासको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसले किच्दा सल्लेकै ८ वर्षीय जेनिश बिसी र सर्लाही घर भएका बस चालक अन्दाजी २५ वर्षीय रामकुमार शंकर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले घाइते दुवैलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको बताउनुभयो । घाइते दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

 मृतक प्रयास र घाइते जेनिश सहोदर दाजुभाइका छोरा हुन् । बस सडकबाट झण्डै एक सय ५० मिटर तल पुगेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया