सरकारले जनअपेक्षा अनुसार कामै गर्न सकेन : नेता खनाल

 असोज ३०, २०७५ मंगलबार १८:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका खनालले सरकार साना तिना विषयमा अल्झि‌ंदा नागरिकमा निरासा बढेको बताउनु भयाे ।

महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उहाँको भनाइ थियो ।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गर्नुभयो । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उहाँको सुझाव थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया