राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

 चैत १३, २०७९ सोमबार ९:५९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौको हनुमानढोका पछाडि याट्खामा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा उहाँले नागरिकसँगको निरन्तर सान्निध्यतासँगै उनीहरुका सुखदुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभएको हो।

राष्ट्रपति पौडेलले आम नागरिकसँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुखदुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व.जोशीलाई चिनेको समेत बताउनुभयो । उहाँले योग्यता र इमानदारितामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । २०७७ साल फागुन १४ गते मस्तिष्कघात भएका जोशीको उपचारकाक्रममा २०७७ सालकाे चैत १३ गते निधन भएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया