अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
युरोपेली फुटबल महासंघ युइएफएले म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई कारवाही गरेको छ ।
न्यूक्यासल युनाइटेडविरुद्धको खेलमा टेलिभिजन क्यामराको अगाडि अपशब्द बोलेको भन्दै युइएफएले उनलाई कारवाही गरेको हो । खेलमा २–० ले पछि परेको अवस्थामा युनाइटेडले ३–२ को जित हात पारेको थियो ।
लिप रिडर प्रविधि प्रयोग गरेपछि क्यामरामा उनले अपशब्द बोलेको प्रमाणित भएको थियो । कारवाही विरुद्ध अपिल गर्नका लागि उनलाई ७२ घण्टाको समय दिइएको छ ।