बलिउडकाे याैन दुर्व्यवहारबारे बाेलिन् अर्की नायिका चित्रांगदा, भनिन्- धम्क्याएर घिनलाग्दाे दृश्य खिचिन्थ्याे

 असोज ३०, २०७५ मंगलबार २०:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा मी टू अभियान आगो झैं फैलिरहेको छ । हालै बलिउड अभिनेत्री चित्रांगदा सिंहले पनि सन् २०१६ मा उनले खेलेको चलचित्र ‘बाबुमोशाई बन्दुकबाज’ का निर्माता कुशन नंदीले सुटिङको बेला उनलाई दुःख दिएको बताएकी छिन् । 

एक खबरका अनुसार, चित्रांगदालाई नंदीले सुटिङको समयमा भनेका थिए, ‘आफ्नो सारी फुकाल, हिरोको माथी चढ र आफ्नो सरिर रगड ।’

त्यतिबेला जब चित्रांगदाले यसको विरोध गरिन्, नंदीले उनलाई तबसम्म सताइरहे जबसम्म उनी झुकिनन् ।

मिडिया रिपोर्टका अनुसार चित्रागदाले यो कुराको खुलासा आफैँले गरिन् कि त्यो समयमा फिल्ममा उनका साथी अभिनेता अर्थात उनका सह कलाकार नवाजुद्धिन सिद्दिकी पनि उनको समर्थनमा अगाडि बढेनन् । 

सहयोग गर्नुको सट्टा निर्देशकले कसरी उनलाई सताइरहेको छ हेर्दै बसेको कुरा चित्रांगदाले मिडियासामु बोलेकी छिन् ।

उनले बताइन्, ‘ मैले यस्तो काम गर्न सक्दिन भनेर अनुरोध पनि गरें । तर निर्देशकले झगडा गर्नु केही छैन, जे आवश्यक छ त्यही गर भने । मलाई यस्तो गर्नको लागि धम्की दिएको थियो । यही कारण फिल्मका केही कलाकार फेर्नुपरेको थियो । तर नवाज भने चुपचाप बसेका थिए । ’

चित्रांगदाले भनिन्, ‘जति म यो घटनालाई बिर्सिन खोज्छु, त्यति गाह्रो हुन्छ । यसको बारेमा मैले दुई वर्षअगाडि कुरा गरेकी थिएँ, त्यतिबेला मलाई मानिसहरुले पागल केटी समेत भनेका थिए ।’

उनको भनाइमा जबसम्म चलचित्र क्षेत्रमा महिलाहरुले शोषणको विरुद्धमा आवाज उठाउँदैनन्, तबसम्म उनीहरु माथि शोषण भइरहनेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया