विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न घाेराही उपमहानगरकाे निर्देशन

 चैत १४, २०७९ मंगलबार १८:५०:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आउँदो शैक्षिक सत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो ।

घोराही उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा घोराही–७ सौडियारमा आज मङ्गलवार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । यसका लागि घोराही उपमहानगरपालिकाले सबै सरकारी तथा निजी विद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

घिमिरेले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसूति सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैयाँ प्रोत्साहन दिने गरिएको भन्दै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षासम्बन्धी अभियान सफल बनाउन सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयाे ।

कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता, बहुविवाह र बालविवाहलाई शून्यमा झार्ने, बसाइँसराइ गर्दा अनिवार्य घटना दर्ता गरेरमात्रै गर्ने, दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने, सामाजिक सुरक्षा भत्ताको दर्ता, नवीकरण, लगत कट्टा, बैंक खाता सञ्चालनलगायतका विषयमा जानकारी दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया