नौ जना जुवाडे पक्राउ

 असोज ३१, २०७५ बुधबार ७:३९:२३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा प्रहरीले नौ जनालाई जुवाको खाल बाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बेलबासको एक घरमा जुवा खेली रहेका ९ जनालाई जुवाकाे खाल बाटै पक्राउ गरि २ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीहरुलार्इ जुवा ऐन अनुसार कारबाही हुने डिएसपी डिलबहादुर मल्लले बताउनु भयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया