सिद्धार्थ राजमार्ग पहिराेले अवरुद्ध

 जेठ २५, २०७५ शुक्रबार ८:१:४७ | उज्यालो सहकर्मी

काठमाडौं – बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् ।  विहीबार राति परेको पानीले पहिरो खसेको हो । सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा परेका छन् ।

पाल्पा, गुल्मि र बुटवलका लागि छुटेका यात्रु बढी समस्यामा परेका छन् । अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया