माछा मार्न गएका वृद्धको माईखोलाले बगाएर ज्यान गयाे

 असोज ३१, २०७५ बुधबार १५:३२:१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय माइजोगमाई गाउँपालिका वडा नम्बर १का प्रेमेजुङ्गका डम्बर बहादुर राईको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । 

७१ वर्षका मृतक राईलाई माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाउदा मृत्यु भएको बताइएको छ । 

मृतक राई माछा मार्न भनि मंगलबार साँझ जाल बोकेर एक्लै घरबाट जोगमाई खोलातर्फ गएको पारिवारिक स्रोतले जनाएको छ । 

राती अबेरसम्म घर नफर्किएकाले खोजी गर्ने क्रममा स्थानीयले बुधबार बिहान उनको शव खोलामा डुबेको भेटाएका थिए । 

कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागि इलाम जिल्ला अस्पताल इलाम ल्याइने तयारी भएको प्रहरीले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया