दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुन्छ : नेकपा सांसद महेश बस्नेत

 असोज ३१, २०७५ बुधबार १७:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा सांसद महेश बस्नेतले दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने दावी गर्नुभएको छ ।

रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७ महिने कार्यकालको समीक्षा गरिरहेको र दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने दावी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीको सचिवालय पनि पुनर्गठन हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीका निकट नेता मानिने सांसद बस्नेतले दसैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउने दावी गर्दै वितरणमुखि पुरक बजेट पनि आउन सक्ने बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया