यूएईमा अनधिकृत रूपमा चन्दा सङ्कलन गर्न र भीख माग्न नपाइने

 चैत २१, २०७९ मंगलबार १८:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रमजानको समयमा यूएईमा भीख माग्ने र अनधिकृत रूपमा चन्दा सङ्कलन गरेमा कडा कारबाही हुने भएको छ ।

स्थानीयवासीहरू रमजानको पवित्र समयमा उदार हुने भन्दै यसको फाइदा उठाएर कसैले कुनै पनि बहानामा भीख माग्ने र चन्दा सङ्कलन गरेकाे पाइएमा जरिवाना र जेल सजाय हुने खबर गल्फ न्युजले लेखेको छ ।

यूएईमा यो समयमा भीख माग्न र कुनै पनि कामको बहानामा चन्दा सङ्कलन गर्न प्रतिबन्ध लगाएको छ । 

यूएईको पेनल कोडले यो सजाय व्यक्तिगत र संस्थागत रुममा भीख माग्ने र चन्दा उठाउने सबैलाई समेट्ने जनाइएको छ । रमजान महिना सुरु भएयता गएको  मार्च महिनामा ६७ जना भीख मागिरहेका व्यक्तिहरूलाई दुबई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा ३१ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

भीख माग्ने र चन्दा सङ्कलन कार्यले सामाजिक सुरक्षामा असर पर्ने र देशका प्रतिष्ठामाथि समेत आँच आउने भन्दै यूएईले यस्ताे कार्यलाई अपराधको रूपमा लिएको छ ।

साथै यस्तो कार्यले गैरकानुनी आर्जन हुने, चोरी बढ्ने र बालबालिकामाथि अत्याचार बढ्ने यूएईको ठहर छ । 

व्यक्तिगत रूपमा कसैले भिख मागेको पाइएमा पाँच हजार दिर्हामभन्दा कम हुने गरी जरिवाना र तीन महिना महिना जेल सजाय हुने छ भने संस्थागत रूपमा भीख मागेकाे पाइएमा एक लाख दिर्हाम जरिवाना र ६ महिना जेल सजाय हुन सक्नेछ ।

यस्तै अनुमति पत्र बिना अनधिकृत रूपमा चन्दा सङ्कलन गरेको पाइएमा जेल सजाय वा पाँच लाख यूएई दिर्हामसम्म जरिबाना हुनेछ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया