नेपाल भियतनामसँग ५–१ गोलले पराजित

 चैत २२, २०७९ बुधबार २०:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल  भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिवार हुँदैछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया