जनता आवास कार्यक्रम : सुदूरपश्चिमका ४ जिल्लामा १ हजार ४ वटा घर निर्माण

 चैत २३, २०७९ बिहिबार १९:४८:९ | विमल बिष्ट
unn.prixa.net

डाेटी – जनता आवास कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका चार वटा जिल्लामा एक हजार चार वटा घर निर्माण भएका छन् । भौतिक पूर्वाधार मन्त्रालय सुदूरपश्चिम प्रदेशको ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीकाे लगानीमा घरहरू निर्माण भएका हुन् ।

सुदूरपश्चिममा २०७४ सालदेखि जनता आवास कार्यक्रम लागू भएको थियो । सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरअन्तर्गत सुदूरपश्चिमका पहाडी जिल्लाहरू डोटी, डडेल्धुरा,अछाम र बाजुरामा घरहरू निर्माण भएका हुन् । सरकारले घरवासविहीन दलित समुदायका लागि घरहरू निर्माण गरेको थियो । दुई कोठा, एक भान्सा भएको बरन्डासहितको भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर लक्षित वर्गलाई हस्तान्तरण गरिएको सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरले जनाएको छ ।

सरकारले प्रतिघर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ अनुदानसहित प्राविधिक सहयोग गरेको हो । जनता आवास कार्यक्रमअन्तर्गत डोटीमा तीन सय ४५, डडेल्धुरामा तीन सय ७०, बाजुरामा एक सय ८९ र अछाममा एक सय वटा घर निर्माण गरिएको सहरी विकास तथा भवन कार्यालय दिपायल, राजपुरका प्रमुख इन्द्रबहादुर स्वाँरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएका ९५ प्रतिशत घरहरू लक्षित वर्गलाई हस्तान्तरण गरिएको र बाँकी हस्तान्तरण गर्ने तयारीमा रहेका छन् । 

सरकारले घर बनाइदिएपछि अरूको घर गोठमा बस्नुपर्ने बाध्यता हटेको दिपायल सिलगढी नगरपालिका–४ का जगत्रादेवी कामीले बताउनुभयो । जनता आवास कार्यक्रम प्रभावकारी देखिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया