केही क्याम्पसमा स्ववियु चुनावको विवाद कायमै

 चैत २६, २०७९ आइतबार ७:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका केही ठूला क्याम्पसमा अहिले पनि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको  विवाद छ ।

स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले अहिले पनि ठूला क्याम्पसमा विवाद भएका कारण विद्यार्थीले नेतृत्व छनोट गर्न नपाएको र अन्य क्याम्पस प्रशासन, निर्वाचन अधिकृतलगायतका पक्षलाई समेत समस्या भएको बताउनुभयो ।

गएको ५ गते चुनाव हुन नसकेका क्याम्पसमा एक महिनाभित्र चुनाव गर्न निर्देशन दिइएको थियो । त्यसअनुसार संयुक्त विद्यार्थी सङ्गठहरुबीच आउँदो बिहीवार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने सहमति पनि भएको छ ।

संयुक्त विद्यार्थी सङ्गठनहरुले चुनाव बिथोलिने गतिविधि नगर्ने र कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी गरे पनि काठमाण्डौको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा मनोनयन दर्ता गर्नेक्रममा विवाद भएको छ ।

हिजो पाटन संयुक्त क्याम्पसमा चुनाव भएको थियो । चैत ५ पछि नेपालगञ्जकाे महेन्द्र बहुमुखी, दाङको महेन्द्र क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवाको कृषि क्याम्पस, बाग्लुङको धवलागिरी, पोखराको वन विज्ञान र काठमाण्डौको आयुर्वेद क्याम्पसमा चुनाव भएको छ ।

रामपुर कृषि क्याम्पस चितवनमा चैत १७ गते चुनाव भए पनि विवाद कायमै छ । गएको ५ गते त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिकमध्ये ४० वटामा र त्यसपछि ९ वटामा गरी ४९ क्याम्पसमा चुनाव भएको छ । अन्यमा बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया