चितवन बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयाे, २१ जना घाइते

 कात्तिक २, २०७५ शुक्रबार ७:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि भरतपुर लगिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया