सरकारी कोटामा इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 चैत २९, २०७९ बुधबार १६:४२:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारी प्रक्रियामार्फत रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जना महिलालाई जी टु जी सम्झौता अर्थात् सरकारी कोटामार्फत इजरायल रोजगारीमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका बर्दिया घर भई अहिले काठमाण्डौको लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका

अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले सरकारी कोटामा इजरायल पठाउने र त्यहाँ पुगेपछि कृषि क्षेत्रमा काम लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ उठाएका थिए । तर रकम लिएपछि फरार भएका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले पक्राउ गरी उपस्थित गराइदिन कार्यालयलाई अनुरोध गरेको थियो । जसअनुसार मङ्गलवार सुनिल कुमार यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार

विभाग पठाइएको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया