आईपीएल क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

 बैशाख १, २०८० शुक्रबार ६:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एक/एक विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।

पञ्जाबका म्याथ्यु शर्टले सर्वाधिक ३६ रन बनाए । जितेश शर्माले २५ रन जोडे । अन्य कुनै पनि खेलाडीले २५ रन कटाउन सकेनन् । गुजरातका मोहित शर्माले २ विकेट लिए । मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान एक/एक विकेट लिए ।

गुजरात ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । समान ४ खेलमा ६ अङ्क भए पनि राजस्थान शीर्ष र लखनउ दोस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया