मुख्य दलहरुले नाम नपठाउँदा संसदीय समिति गठनमा ढिलाइ

 बैशाख ४, २०८० सोमबार ८:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाका विषयगत समिति गठनमा मुख्य दलहरु उदासीन देखिएका छन् ।

सभामुख देवराज घिमिरेले चैतभित्रै संसदीय समिति गठनको लागि दलहरुलाई नाम पठाउन आग्रह गरे पनि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलहरूले कुन सांसद कुन समितिमा बस्ने भन्ने नामावली दिएका छैनन् । केही साना दलहरुले मात्रै नाम बुझाएका छन् ।  रास्वपा, जसपा, एकीकृत समाजवादी, लोसपा र जनमतले मात्र नाम बुझाएका संसद् सचिवालयले जनाएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टीबाट नाम सिफारिस हुन बाँकी छ ।

प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति छन् । प्रतिनिधि सभा नियमावलीअनुसार सभामुखले समितिमा बढीमा २७ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ ।

यस्तै,  सङ्घीय संसदमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन गरी १५ सदस्यीय रहने संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा कुन दलले कति सङ्ख्या पाउने भन्ने विवाद छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया