श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जित्यो

 कात्तिक ३, २०७५ शनिबार १७:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । चौथो एकदिवसीय खेलमा डकवर्थ लुइस नियम अनुसार १८ रनको जित हात पार्दै पाहुना टोली इंग्ल्याण्डले श्रृंखला जितेको हो ।

चोथो खेलमा २ सय ७४ रनको लक्ष पाएको इग्ल्याण्डले २ विकेट गुमाएर १ सय ३२ रन बनाएको अवस्थामा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको हो । 

पानी पर्नुअघि इग्ल्याण्डका जोय रुट ३२ र इयान मोर्गन ३१ रनमा क्रिजमा थिए । ज्यासन रोयले ४५ रन बनाए । त्यसअघि क्याण्डीमा पाहुना टोली इग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । 

श्रीलंकाका दासुन सानकाले ६६, निरोशन डिकवेल्लाले ५२ र थिसरा परेराले ४४ रन बनाए । श्रीलंका र इग्ल्याण्डबिच अब एउटा एकदिवसीय र एउटा ट्वेण्टी ट्वेण्टी खेल हुनेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया