कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको सङ्कल्प प्रस्ताव पारित
बैशाख ७, २०८१ शुक्रबार
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई ४–२ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।
बार्सिलोनाको जितमा लुइस सुवारेज, लियोनेल मेस्सी, इभान राकिटीक र फिलिप कोटिन्होले गोल गरे । सेभिल्लाका पाबलो सराबिया र लुइस मुइरेलले गोल गरे । शनिबार रातिको खेल जितेपनि बार्सिलोनालाई झड्का लागेको छ । खेलका क्रममा पाखुरामा चोट लागेपछि मेस्सीले ३ हप्ता खेल्न नसक्ने भएका छन् ।
उनले प्रतियोगिताको इएल क्लासिको खेल्न नसक्ने बीबीसीले जनाएको छ । प्रतियोगितामा रियल मड्रिडको खराब प्रदर्शन शनिबार पनि जारी रह्यो । पछिल्ला पाँच खेलमध्ये चौथो हार ब्यहोर्ने क्रममा रियल लेभाण्टेसँग २–१ ले पराजित भएको हो ।