तनहुँ–१ मा स्वर्णिम वाग्ले १४ हजार ७ सय मतान्तरसहित विजयी

 बैशाख १२, २०८० मंगलबार ६:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।

तस्बिर : स्वर्णिम वाग्लेकाे फेसबुक

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया