डाेटीमा स्याउला ल्याउन गएकी महिलाकाे भीरबाट लडेर ज्यान गयो

 बैशाख १३, २०८० बुधबार १०:३५:११ | विमल बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डोटी – डोटीको जोरायल गाउँपालिका–१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छन् । 

बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन जानु भएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उहाँ घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय विपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिनुभयो । मृतक महिला गर्भवती रहेको बताइएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया