एसीसी प्रिमियर कप : नेपाल र कतार तथा हङकङ र कुवेतबीच खेल हुँदै

 बैशाख १४, २०८० बिहिबार ७:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

समूह ए मा रहेका नेपाल र कतारबीच त्रिवि मैदान कीर्तिपुरमा तथा समूह बी मा रहेका हङकङ र कुवेतबीचको खेल मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । कतार जितविहीन रहँदै पुछारमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।

समूह बी बाट भने अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ । आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ र कुवेतको ४ अङ्क रहेको छ । खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ । एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया