लुम्बिनी र गण्डकीमा सरकारको दाबी गर्ने आज अन्तिम दिन, माओवादी र कांग्रेसबीचको विवादले दुवै प्रदेशमा अन्योल

 बैशाख १४, २०८० बिहिबार ७:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ ।

दुवै प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका कांग्रेस र माओवादीले सुरुमा आफ्नै नेतृत्व हुनुपर्ने अडान लिएपछि सरकार गठनमा समस्या देखिएको हो । दुवै प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो ।

आज दिउँसो ४ बजेसम्म बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरिसक्नुपर्नेछ । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढालेपछि  माओवादीले सुरुमा कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । तर गण्डकीको विषयलाई देखाएर माओवादीले लुम्बिनीमा पनि कांग्रेसलाई समर्थन गर्न आनाकानी गरेको छ ।

लुम्बिनीमा कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने हो भने गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको अडान छ । तर कांग्रेसले दुवै प्रदेशमा पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने र त्यसपछि माओवादीलाई दिने बताएको छ ।  ६० सदस्यीय  गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् । यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ जना सांसदको समर्थन पर्छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया