रसुवामा ४ सय ११ सवारी साधनलाई कारबाही

 कात्तिक ५, २०७५ सोमबार ८:३३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – दसैँको समयमा ट्राफिक नियम उल्लङ्घन ४ सय ११ वटा सवारी साधन कारबाहीमा परेका छन् । 

क्षमता भन्दा बढी यात्रु बोक्ने, जाँडरक्सी खाएर सवारी सञ्चालन गर्ने, चालक अनुमति पत्र नबोक्ने र बाइक चलाउँदा हेलमेट नलगाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय रसुवाले जनाएको छ । 

२ सय ५० वटा ट्रक कन्टेनर, ३६ वटा बस, ७५ वटा कार जीप, ५० वटा मोटरसाइकल गरी ४ सय ११ वटा सवारीलाई कार्वाही गरिएको ट्राफिक प्रहरी अर्जुन न्यौपानेले बताउनुभयो । जरिवाना स्वरूप ३ लाख ५६ हजार असुली भएको उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया