गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

 बैशाख १५, २०८० शुक्रबार १३:३२:४७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराउनुभएकाे हाे । 

गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा हिजाे बिहीवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । पाण्डे कांग्रेसका २७, माओवादीका सात र मनाङबाट स्वतन्त्ररूपमा सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे थियाे ।

त्यसैगरी मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री बन्नुभएकाे छ । उहाँहरूलाई प्रदेश प्रमुख गुरुङले  पद तथा गोपनीयताको शपथ गराउनुभयाे । सत्तारूढ दलहरूबीच भागबन्डा नमिलेका कारण उहाँहरूकाे मन्त्रालय तोकिएको छैन ।

प्रदेश सभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

तस्बिर : भुपाल गुरुङकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया