राजनीतिमा जमेकाे फाेहाेर सफा गर्न चाहन्छाैँ : अध्यक्ष नेपाल

 बैशाख १८, २०८० सोमबार १६:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति विकृत भएको बताउनुभएको छ ।

साेमवार काठमाण्डाैमा एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले देशकाे राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भ्रष्टाचार, सहजै सेवा प्रवाह नगर्नु र नागरिककाे समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराशा बढ्दै गएकाे बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी देशको राजनीतिलाई राम्रो दिशामा लैजान चाहन्छाैँ । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यसबीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ ।’

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्धन गर्ने र नागरिकमा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया