एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र यूएईबीच रोकिएको फाइनल खेल सुरु

 बैशाख १९, २०८० मंगलबार ९:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सुरु भएको छ ।

यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएकाे हाे।

कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।

ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।  एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ।

आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आजका लागि सरेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया