आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

 बैशाख २१, २०८० बिहिबार ६:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईको जितमा ईशान किशनले सर्वाधिक ७५ रन बनाए । सूर्यकुमार यादव ६६ रनमा आउट भए । पञ्जाबका नाथन एलिसले २ तथा ऋषि धवन र अर्शदीप सिंहले समान १/१ विकेट लिए । त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

पञ्जाबका लियाम लिभिङस्टोनले ८२ रनको अविजित पारी खेले पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै जितेश शर्मा ४९ रनमा अविजित रहे । मुम्बईका पीयूष चावलाले २ र अर्शद खानले १ विकेट लिए । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौँ स्थानमा छ ।

पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा लखनउ र चेन्नईले अङ्क बाँडेका थिए । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया