घाँटीमा मासु अड्किएर डोटीमा एक जनाको ज्यान गयो

 बैशाख २३, २०८० शनिबार १०:३५:० | विमल बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डाेटी – डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर ज्यान गएको छ ।

घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्‍याइएका नेपालीलाई अस्पतालले हिजो मृत घोषणा गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया