याे त ट्रेलर मात्रै हाे, सिङ्गो फिल्म आउनै बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

 बैशाख २३, २०८० शनिबार १५:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ । 

शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो । उहाँले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउनु भयो । 

उहाँले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।'

उहाँले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय, श्रमजीवि जनसमुदाय आफ्नाे साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताउनु भयो । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया