बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

 कात्तिक ६, २०७५ मंगलबार १२:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाँचथर – बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् ।

हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षीय बालिकालाई आइतबार राति ललाई–फकाइ जङगलमा लगेर करणी गरेको पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

जोरपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया