किशाेरी बलात्कारकाे अाराेपमा सप्तरीमा एक युवक पक्राउ

 कात्तिक ६, २०७५ मंगलबार १६:३५:१६ | शुभनारायण यादव

सप्तरी – सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । 

खड्ग नगरपालिका –९, लालपट्टी बस्ने किशोरीलाई त्यसै ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् ।

१५ वर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५ वर्षीय दीलिपकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति किशोरीसँग जबर्जस्ती गरेका दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिनुभयो । यता पक्राउ परेका दासलार्ई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको डीएसपी रिमाललकोे भनाइ छ ।

यसअघि २६ असोजमा १६ वर्षकी एक किशोरीसँग बलजफ्ती यौनसम्पर्क गर्ने एक युवक पक्राउ परिसकेका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका –२, बस्ने किशोरीलाई मुखमा रुमालले बाँधी बलात्कार गर्ने त्यसै ठाउँका २२ वर्षका ओमप्रकाश साहलाई पक्राउ गरिएको थियो ।

रातिको समयमा पिसाब फेर्न घर नजिकै सडक बाटोमा गइरहेको मौका छोपी साहले किशोरीको मुखमा रुमालले बाँधेर काँधमा बोकी आफू सुत्ने कोठामा लगेर करणी गरेका थिए ।

यसअघि असोजको दोस्रो साता डाक्नेश्वरी नगरपालिकामै बालिकाको र खड्ग नगरपालिकामा ७१ वर्षकी बृद्वासँग बलात्कार भएको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया