डोटीमा पनि पशु चाैपायामा फैलिँदै 'लम्पी स्किन' राेग

 बैशाख ३०, २०८० शनिबार १७:३:६ | विमल बिष्ट
unn.prixa.net

डोटी - डाेटीमा पनि पशु चाैपायामा 'लम्पी स्किन' राेग देखा परेकाे छ । गाई/भैँसी लगायत पशु चाैपायामा लम्पी स्किनकाे  प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित भएका छन् ।

लम्पी स्किन रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खानेकुरा नखाने र दूध कम दिने लगायतका लक्ष्यण देखा पर्छन् । 

नाक र मुखबाट तरल पदार्थ बग्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरु अन्त्यमा मर्ने गरेका पाइएकाे सायल गाउँपालिकाका स्थानीयवासी तेजबहादुर सिंहले बताउनु भयाे । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्ष्यण भएको उहाँले बताउनु भयाे ।  

उहाँले भन्नुभयो, ‘खेतिपाती लगाउने सिजन सुरु भयो गोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ, अब कसरी खेतिपाती गर्ने समस्या भयो ।’ 

क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने गरिएकाे भए पनि नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

सुदूपश्चिमका पहाडी जिल्लाका सबै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भए पनि न्यूनीकरणमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया