आईपीएल : हैदराबादलाई हराउँदै लखनउ चौथो स्थानमा पुग्यो

 बैशाख ३०, २०८० शनिबार १९:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि प्रेरक माँकडले नटआउट ६४ रन बनाए, निकोलस पुरनले १३ बलमा ४४ रन हाने ।

हैदराबादका ग्लेन फिलिप्स, मयङ्क मार्कन्डे र अभिषेक शर्माले १/१ विकेट लिए । यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १ सय ८२ बनायो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४७ रन बनाए ।

लखनउका क्रुनाल पाण्ड्याले २ विकेट लिए । जितसँगै लखनउ १३ अङ्कसहित चौथो स्थानमा पुगेको छ । ८ अङ्क रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ । आजको जितसँगै लखनउले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । हैदराबादको सम्भावना कम छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया