साफ च्याम्पियनशिप 'ड्र' : नेपाल र भारत एउटै समूहमा

 जेठ ३, २०८० बुधबार १३:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनशिपकाे समूह चरणकाे 'ड्र' सार्वजनिक भएकाे छ ।

बुधवार सार्वजनिक भएकाे 'ड्र' अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह 'ए' मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

साफ च्याम्पियनशिप आउँदाे असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।

फुटबलकाे सर्वाेच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेकाे छैन । याे संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टाेलीकाे रूपमा खेल्ने छन् ।

यस्ताे छ समय तालिका

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया