डेढ वर्षपछि रुकुमकाे चौरजहारीमा विमान

 कात्तिक ७, २०७५ बुधबार ११:२०:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कालोपत्रे गरिएको डेढ वर्षपछि रुकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालनमा आएको छ ।

नेपाल वायु सेवा निगमले जहाजको र पाइलटको अभाव रहेको बताएपछि गएको वर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो । कालोपत्रे गरिएको सत्र महिनापछि फेरि उडान सुरु गरिएको छ ।

हप्ताको दुईदिन बुधवार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको निमित्त स्टेशन प्रमुख सुरेन्द्र नेपालीले बताउनुभयो । उडान पुनः शुरु भएको पहिलो दिन जहाजले काठमाडौं–चौरजहारी–नेपालगञ्ज उडान भरेको उहाँले जनाउनुभयो । 

२०२८ सालबाट संचालमा आएको चौरजहारी विमानस्थलको केही वर्ष अघिमात्र धावनमार्गमा कालोपत्रे गरिएको थियो । विशेषगरी चौरजहारी विमानस्थलबाट रुकुमपश्चिम, जाजरकोट र सल्यानका सर्वसाधारणहरुले सेवा लिने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया