११ बुँदे सहमतिपछि सांसद सञ्जय गाैतमकाे अनसन ताेडियाे

 जेठ ६, २०८० शनिबार १८:०:१६ | भावुक योगी
unn.prixa.net

बर्दिया - बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनसन बस्नुभएका नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले अनसन ताेड्नु भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगकाे ११ बुँदे सहमतिपछि गौतमले आठौँ दिनमा आज अनसन ताेड्नुभएकाे हाे । मन्त्री  ज्वालाले जुस खुवाएर उहाँकाे अनसन तोडाउनु भएको हाे। 

बर्दियाको जब्दीघाटमा रहेकाे बबई नदीमाथि भासिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने लगायतका माग राख्दै उहाँ गएकाे वैशाख ३० गते बेलुकादेखि अनसनमा बस्नु भएकाे थियाे। 

उहाँले बबई नदीको जब्दीघाटमा भासिएको पुलको स्पान हटाएर तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्नु भएकाे थियाे ।

‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित अनसन बस्नुभएका गौतमसँगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि अनसनमा बस्नुभएको थियाे । स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि उहाँलाई साथ दिँदै रिले अनसनमा बसेका थिए । 

सांसद गौतमले पुल निर्माण लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मागहरु पूरा नभएसम्म अनसन जारी राख्ने बताउनु भएको थियो । सहमति पछि उहाँले सरकारले तत्काल माग सुनुवाइ गर्नेमा आफू आशावादी रहेको बताउनु भएकाे छ । 

पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो । 

बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया