रारा ताल प्रवेश गर्न आजदेखि  एक सय रुपैयाँ शुल्क

 कात्तिक ७, २०७५ बुधबार १९:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

मुगु – मुगुको रारा ताल प्रवेश गर्न आजदेखि आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपरेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिएको छ । 

बुधबार बिहानैदेखि रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

रारामा अहिले दैनिक १ हजार देखि १५ सय सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

यसअघि छायाँनाथ रारा नगरपालिकाले पनि प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क लिएपछि आलोचना भएको थियो । रारामा बस्नको लागि होटल थप्न नदिएको तर पर्यटकसँग शुल्कै शुल्क लिएको भन्दै निकुञ्जको आलोचना हुँदै आएको छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया