एनआरटीले आर्मीलाई हरायाे, सङ्कटामाथि एपीएफकाे जित

 जेठ १०, २०८० बुधबार १८:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा एनआरटीले १–०  गोलले हरायो । एनआरटीका कृतिशरत्न छुँजुले गोल गरे । एनआरटी २६ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा पुगेको छ । २९ अङ्क रहेको आर्मी पाँचौँ स्थानमा छ ।

आजै ललितपुरकाे च्यासल मैदानमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हरायो । एपीएफका आवाश लामिछानेले २ गोल गरे भने सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए । एपीएफ २६ अङ्कसहित तालिकाकाे सातौँ र सङ्कटा २३ अङ्कसहित १२ औँ स्थानमा छ । 

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया