खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन समस्या छैन : मन्त्री लिम्बु

 जेठ १०, २०८० बुधबार २०:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनै पनि समस्या नरहेको बताउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बुले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताउनुभएको हो । उहाँले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताउनुभयो । चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच नेपाल ओलम्पिक कमिटीले खेलकुदमन्त्री लिम्बु र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागत गर्दै सम्मान गरेको छ । कमिटीको सातदोबाटोमा रहेकाे भवनमा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताउनुभयो । उहाँ ओलम्पिक कमिटीका सल्लाहकार पनि हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया