काभा महिला भलिबलकाे सेमिफाइनलमा आज नेपाल र काजकिस्तान खेल्दै

 जेठ १२, २०८० शुक्रबार ८:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ ।  आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । काजकिस्तान समूह ‘बी’ को विजेता टोली हो ।

आज हुने अर्को सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनलका विजेता टोलीबीच आइतवार फाइनल खेल हुनेछ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया