आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

 जेठ १३, २०८० शनिबार ७:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने प्रधानाङ्गले बताउनुभयो । हिजो अस्ति जस्तो हावाहुरीको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया