काममा लगाइदिने भन्दै बालिका भगाउने युवती पक्राउ

 कात्तिक ८, २०७५ बिहिबार ९:११:४९ | देव पचभैया
unn.prixa.net

पाल्पा – कम्पनीमा काम लगाइदिने भन्दै तीनजना बालिका भगाउने एक महिला पाल्पामा पक्राउ परेकी छिन् । 

बुटवल उपमहानगरपालिका १३ देवीनगरमा भाडामा बस्दै आएकी शर्मिला खत्री तानसेन–७ बाट पक्राउ परेकी हुन् । दसैँमा मामाघर आएकी खत्रीले तानसेन ७ का तीनजना बालिकालाई कम्पनीमा काम लगाइदिने भन्दै घरबाट भगाएकी थिइन् । 

उनले १६ वर्षीया ममता कुमाल, १५ वर्षकी सुस्मिता कुमाल र १४ वर्षकी अनिषा चौधरीलाई कम्पनीमा काम लगाइदिने भन्दै बुटवल लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।  उनले बालिकालाई कहाँ र के का लागि लैजाँदै थिइन् भन्ने बिषयमा अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया