७ खेलकाे बराबरीपछि मनाङकाे पहिलाे जित, एनआरटीले सातदाेबाटाेलाई हरायाे

 जेठ १४, २०८० आइतबार १८:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।

आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा गोल गरे । मनाङले सात वटा खेल बराबरी गरेपछि बल्ल आज जित निकालेर ३ अङ्क ल्याउन सफल भएको छ । जितपछि मनाङ २८ अङ्कसहित तालिकाकाे दशाैँ स्थानमा र थ्री स्टार २६ अङ्कसहित ११ औँ स्थानमा छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई २–१ गोलले हरायो । एनआरटीका लागि निकोलस सङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गाेल गरे । जितसँगै एनआरटी २९ अङ्कसहित आठौँ स्थानमा उक्लिएको छ । सातदोबाटो २९ अङ्कसहित छैटाैँ स्थानमा छ ।

१४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया