तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

 जेठ १६, २०८० मंगलबार ७:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८,  नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया