‘रामकहानी’ टिमको ‘सम्हालिन्छ कहिले मन’: नयाँ नायकले डेब्यु गर्ने

 कात्तिक ८, २०७५ बिहीबार १७:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र रामकहानीले सफल व्यापार गरेपछि त्यसै युनिटले अर्को चलचित्र निर्माणको घोषणा गरेको छ । 

चलचित्र रामकमहानीकै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘सम्हालिन्छ कहिले मन’ राखिएको छ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा नायिका पुजा शर्माले काम गर्ने पक्का भइसकेको छ भने नयाँ नायकले काम गर्ने पक्का भएको बताइएको छ ।

चलचित्र नगरीका सफल निर्देशकका रुपमा चिनिएका सुदर्शन थापाले आफूले निर्माण गर्ने हरेक चलचित्रमा भिन्नाभिन्नै नायकलाई अभिनय गराउँदै आएका छन् । 
प्रेम गीतमा प्रदिप खड्कालाई चलचित्र नगरीमा भित्र्याएका निर्देशक थापाले म यस्तो गीत गाउँछु मा नायक पल शाह तथा यसअघिको चलचित्र रामकाहानीमा आकाश श्रेष्ठसँग काम गरेका थिए ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा भने नवनायक सोनम थोप्देनले डेब्यु गर्न लागेका छन् । उनि गायकसमेत हुन् ।

भारतको मनालीमा जन्मिएका सोनमले नेपाली, हिन्दी, अंग्रेजी, तिब्बतीका साथै विभिन्न भाषाका गीतको कभर गाएका छन् । उनले गाएको हिन्दी चलचित्र ‘जब ह्यारी मेट सेजल’को ‘हवाए’बोलको गीतलाई दर्शकले रुचाएका थिए ।

यस चलचित्रमा पूजा र सोनमसँगै एक अर्का नायकले पनि काम गर्ने बताइएको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

एक नायक चलचित्रमा काम गर्न तयार भए पनि अर्को कसले काम गर्ने भन्ने टुंगो लागि नसकेको निर्देशक सुदर्शन थापाले बताए । 
चलचित्र म्यूजिकल लभ स्टोरी विधामा निर्माण हुन लागेको बुझिएको छ । 

चलचित्रको छायाँकन चाँडै सुरु हुने बताइएको छ । यतिबेला भने चलचित्रको गीत रेकर्डिङ गर्ने काम भैरहेको छ । 
चलचित्रमा समावेश शीर्ष गीतलाई नायक सुगम पोखरेलले गाउादै छन् । 

गायक पोखरेलकै स्वरमा सजिएको गीत ‘सम्हालिन्छ कहिले मन’ बाट नै यस चलचित्रको नाम राखिएको बुझिएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया