मैले पार्टी सभापति भएर काम गर्ने यो अन्तिम पटक हाे : शेरबहादुर देउवा

 जेठ २०, २०८० शनिबार १४:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताउनु भएकाे छ । 

शनिवार आज नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताउनु भयो ।

उहाँले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग मात्रै गर्ने बताउनु भयो । साथै उहाँले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । उहाँले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउनु भयो ।

उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको दाबी गर्नुभयाे । उहाँले पार्टी बलियो बनाउन नागरिकको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । सधैँ हारेको नेविसङ्घ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ ।  गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।'

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया