आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाकाे सम्भावना, तराईमा गर्मी उस्तै

 जेठ २३, २०८० मंगलबार ७:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती र कोशी प्रदेशमा केही पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजो साेमवार पनि यी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको थियो । मौसम बदली र वर्षाका कारण हिजाे बेलुकीपख केही शितल भएको थियो ।

आज पहाडी क्षेत्रमा पानी पर्ने अनुमान रहे पनि तराईका जिल्लामा भने गर्मी उस्तै छ । बिहानदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईको जनजीवन प्रभावित भइरहेको छ । तराईमा अझै एक/दुई दिन यस्तै गर्मीको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । केही दिनदेखि तराईमा तातो हावा/'लु' चल्न थालेको छ ।

गर्मी र 'लु' बाट जोगिन प्रशस्त पानी पिउन, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओढ्न विज्ञले सुझाव दिँदै आएका छन् । प्रि–मनसुनको अवधि सकिए पनि मनसुनी प्रणाली विकसित नहुँदा पानी पर्न सकेको छैन भने गर्मी पनि बढिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया