नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

 जेठ २५, २०८० बिहिबार ७:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।

नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । समूह ‘बी’ मा  श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया